बरिस्ठ समाजसेवी देवेन्द्र प्रधान सम्मानित

बरिस्ठ समाजसेवी देवेन्द्र प्रधान सम्मानित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पाटीका केन्द्रिय सदस्य एवम बरिस्ठ समाजसेवी देवेन्द्र प्रधान सम्मानित भएका छन् ।

शनिबार फोकस नेपालले आयोजना गरेको समुन्नत नेपाल निर्माणमा सामाजिक संघसंस्थाहरुको भूमिका विषयक विचार गोष्ठी तथा शुभकामना बिशेश सांस्कुतिक समारोहमा प्रमुख अतिथि मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले उनलाइ  सम्मान-पत्र गरेका हुन। 

सम्मानित भए पछि प्रधानले खुसि ब्यक्त गर्दै आफुलाई लायक सम्झेर सम्मान गरेकोमा फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेल लाई धन्यबाद दिदै अझै समाजसेवामा क्रियाशील हुन र काम गर्न यो सम्मानले प्रेरणा मिलेको बताउनु भयो।

कार्यक्रममा बिशिस्ट अतिथि पूर्व अर्थमन्त्री शंकर कोइराला,आयल निगमको पूर्व निर्देशक सिताराम पोखरेल समेतको उपस्थितीमा भएको सभामा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई बिशेष सम्मान सहित संस्कृति झल्कले सङ्गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

Recent Comments

No comments to show.