काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल राष्ट्र बैंकले सोमवारको लागि सार्वजनिक गरेको विनिमयदर अनुसार १ अमेरिकी डलरको बिक्रीदर एक सय २५ रुपैयाँ २२ पैसा तोकिएको छ ।
यो नै हालसम्मको उच्च भाउ हो । सोही दिन एक अमेरिकी डलरको खरिद दर १ सय २४ रुपैयाँ ६२ पैसा छ ।
यूरो एकको खरिददर १३१ रुपैयाँ ४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ १२ पैसा र बिक्रीदर ८७ रूपैयाँ ५४ पैसा रहेको छ ।
त्यसैगरी, एक कतारी रियालको खरिददर ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ३८ पैसा रहेको छ ।
एक बहराईन दिनारको बिक्री मुल्य ३६० रुपैयाँ ५७ पैसा र खरिददर ३३२ रुपैयाँ १६ पैसा रहेको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ। – यस्तो छ आजको विनिमय दर
प्रतिक्रिया