काठमाडाैं । शिक्षक सेवा आयोगले यही असार १८ गते सञ्चालन गर्ने माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको केन्द्र ताेकेकाे छ ।
विहान ८ बजेदेखि सञ्चालन हुने लिखित परीक्षाको केन्द्र आयोगले ताेकेकाे हाे ।
आयोगको बिहीबारको निर्णयअनुसार आयोगको नियमावली, २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) वा नियम ९ को उपनियम (७) बमोजिम तोकिएको न्यूनतम योग्यता र तालिम वा योग्यता पुगेका इच्छुक उम्मेदवारहरूका लागि गत चैत ३० गते आवेदन खुलाइएको थियो ।
प्रतिक्रिया