अस्पताल भर्ना भएकी राज्यमन्त्री विमला वली डिस्चार्ज

अस्पताल भर्ना भएकी राज्यमन्त्री विमला वली डिस्चार्ज

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल । दाङमा एक महिलामाथि घरमै पुगेर कुटपिट गरेको अभियोग लागेपछि अस्पताल भर्ना भएकी लुम्बिनीकी राज्यमन्त्री विमला कुमारी वली अस्पतालबाट डिस्चार्ज भएकी छन्।

मंगलबार राति करिब १ बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएकी वली बिहीबार  बिहान ११ बजे डिस्चार्ज भएकी हुन्।

स्वास्थ्य अवस्था स्थिर रहेकोले डिस्चार्ज गरिएको अस्पतालका मेसु डा. इन्द्र ढकालले जानकारी दिए। आराम र औषधी सेवन गर्ने गरी डिस्चार्ज गरिएको उनले बताए। उनी अस्पतालबाट बुटवलस्थित निवासमा गएको उनी निकट स्रोतले जनाएको छ। त्यसो त वलीले बजेट प्रस्तुत हुने दिन बिरामी भएको वाहना मात्रै गरेको विपक्षीले आरोप लगाएका छन्।

मंगलबार बिहान दाङस्थित एकराज बस्नेतको घरमा उनकी श्रीमती मिना भण्डारी बस्नेत र छोरीमाथि कुटपिट गरेको आरोप लागेको छ। घरमै पुगेर आक्रमण गरेको भन्दै विपक्षी एमालेले तत्काल बर्खास्त गर्न माग गरेको थियो।

एमालेले राज्यमन्त्री वलीको घटनाका सन्दर्भमा सरकारको जवाफ माग गरेपछि मात्रै बुधबार संसद‍्मा बजेट पेस गर्न दिएको थियो। लुम्बिनी प्रदेश सरकारले घटना छानबिनका लागि आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

Recent Comments

No comments to show.