वस्तुगत संघका पदाधिकारीलाई उद्योग वाणिज्य महासंघको स्वागत

वस्तुगत संघका पदाधिकारीलाई उद्योग वाणिज्य महासंघको स्वागत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले वस्तुुगत संघहरू नवनिर्वाचित पदाधिकारीलाई स्वागत एवं बधाई ज्ञापन गरेको छ । महासंघले बुधबार हालै सम्पन्न वार्षिक साधारण सभाबाट निर्वाचित अध्यक्ष एवं पदाधिकारीहरूको सम्मान गरेको हो ।

महासंघको वस्तुुगत परिषद्ले आयोजना गरेको कार्यक्रममा नेपाल हस्तकला महासंघ, नेपाल इंटा उद्योग महासंघ, नेपाल अलैची व्यवसायी महासंघ, नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्टस्, नेपाल चलचित्र संघ, नेपाल दाना उद्योग संघ र नेपाल बिउ व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत गरिएको थियो ।

महासंघका अध्यक्ष शेखर गोल्छाले नवनिर्वाचित अध्यक्ष एवं पदाधिकारीहरूलाई खादा लगाई स्वागत एवं बधाई दिए । अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्रमा वस्तुुगत संघहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए ।

‘उद्योगधन्दाको विस्तार, रोजगारी सृजना, पूंजी निर्माणमा तपाईंहरूको योगदानलाई महासंघले सधै उच्च प्राथमिकता दिएको छ,’ अध्यक्ष गोल्छाले भने, ‘महासंघले अगाडि सारेको भिजन पेपरका लक्ष्यलाई पूरा गर्ने कार्यमा पनि तपाईंहरूको सहयोग महासंघले खोजेको छ ।’

आफना सबै सदस्यहरूसंग पर्याप्त छलफल गरेर भिजन पेपर तयार पारिएको स्मरण गराउँदै अध्यक्ष गोल्छाले भने, ‘अब यसले लिएका लक्ष्य पुरा गर्ने कार्यमा तपाईंहरूले आ–आफना स्थानबाट नेतृत्व लिएर अगाडि बढ्नुहोस तपाईंहरूलाई के कस्तो सहयोग चाहिन्छ, महासंघले सहयोग गर्छ ।’

Recent Comments

No comments to show.