दरवारमार्गबाट बौद्ध लगेर सामूहिक बलात्कार, होटल सञ्चालकसहित ४ जना पक्राउ

दरवारमार्गबाट बौद्ध लगेर सामूहिक बलात्कार, होटल सञ्चालकसहित ४ जना पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । काठमाडौंको दरबारमार्गबाट घर पुर्‍याइदिने भन्दै बौद्ध लगेर एक महिलामाथि सामूहिक बलात्कार भएको छ। २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ४ जनालाई आइतबार बौद्धका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा काठमाडौ महानगरपालिका बस्ने २४ वर्षीय रितेश तामाङ, काठमाडौं महानगरपालिका-६ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ घर भएका २२ वर्षीय रिन्जेन शेर्पा, सोही महानगरपालिका-६ बौद्ध बस्ने सर्लाही बागमती नगरपालिका-४ घर भएका ३४ वर्षीय उत्तम लामा छन्। यस्तै बौद्ध बस्दै  आएका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका(४ घर भएका लुङ्ता गेस्ट हाउसका सञ्चालकसमेत रहेका ३४ वर्षीय आङनिमा भन्ने झ्याम्पा ढिल्ले शेर्पा पनि पक्राउ परेका हुन्।

दरबारमार्गबाट उनीहरूले पीडितलाई घर पुर्‍याइदिने भन्दै ट्याक्सी राखेर बौद्ध लिएर गएका थिए। रातको समय भएकाले ती महिला  पनि ट्याक्सीमा  जान  राजी भएकी थिइन्। बौद्धको लुङता गेस्ट हाउसमा पुर्‍याएपछि उनीहरूले पीडितलाई पालैपालो बलात्कार गरेको आरोप पीडितले  लगाएकी छन्। ३ जनाले जबरजस्ती करणी गरेपछि उनीहरु फरार थिए। होटल सञ्चालकलाई भने अभियुक्तहरूलाई भाग्न सहयोग  गरेको आरोपमा पक्राउ गरिएको हो। 

यसपछि पीडित महिलाले नै  प्रहरीलाई फोन गरेकी  थिइन्। 

उनीहरु उपर जबरजस्ती करणीसम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ।

Recent Comments

No comments to show.