काठमाडौं । कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको भजनी नगरपालिका– ६ बाट बर्दगोरिया गाउँपालिका– ४ का २६ वर्षीय दिनेश ठकुल्ला र २५ वर्षीय यमराज शाहीलाई सोमबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ठकुल्लाले चलाएको सुपप्र ०१ ००१ प ६७२८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्दा १५ ग्राम ५ सय मिलिग्राम खैरो हेरोइन फेला जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया