९६ केजी गाँजासहित तीन जना पक्राउ

९६ केजी गाँजासहित तीन जना पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भिमफेदी गाउँपालिका-९ चुनियाबाट ९६ किलो ८४० ग्राम लागूऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ रिठ्ठेपानी बस्ने ३० वर्षीय अभिषेक लामा, कैलाश गाउँपालिका-९ घैराङ बस्ने ३७ वर्षीय ज्ञान बहादुर गोले र सोही गाउँपालिका-१० बलमटार बस्ने ४९ वर्षीय चन्द्र लामा रहेका छन् ।

ना २ ह ३५६६ नम्बरको अटोलाई अस्थाई प्रहरी पोष्ट नामटारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी अटो चालक अभिषेकसहित ३ जनालाई पक्राउ गरिएको हो । 

Recent Comments

No comments to show.