काठमाडौं । काठमाडौंको कोटेश्वरमा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।
पाँचथरको मिक्लाजुङ-५ घर भइ काठमाडौंको काँडाघारी बस्ने ३४ वर्षकी सम्झना राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
ना५ख २९१९ नम्बरको ट्रकको ठक्करबाट बा७१प ३०५४ नम्बरको मोटरसाइकलको पछाडि बस्ने सम्झना राईको घाइते भएकी थिइन्।
दुर्घटनामा गम्भीर घाइते भएकी राईको शिक्षण अस्पताल महाराजगञ्जमा राति मृत्यु भएको हो। ट्रक चालकलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया