गृहमन्त्रीको नेतृत्वमा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बस्दै

गृहमन्त्रीको नेतृत्वमा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बस्दै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक आज सोमबार बिहान सिंहदरबारमा बस्दैछ ।

गृहमन्त्री बालकृष्ण खाँणका अध्यक्षतामा रहेको समितिको बैठक बिहान साढे ८ बजेपछि गृह मन्त्रालयमा बसेको हो । 

गृह मन्त्रालयका अनुसार बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना-२०७९ स्वीकृत गर्ने एजेण्डा छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बर्खामा विपद्‍बाट २० लाख जनसंख्या प्रभावित हुनसक्ने आँकलनसहित कार्ययोजना बनाइसकेको छ ।

कार्यकारी समितिमा विभिन्न मन्त्ती, सचिव र सुरक्षा अंगका प्रमुखहरूको सहभागिता रहनेछ । 

Recent Comments

No comments to show.