‘रुमाल चिनो देऊ’ सार्वजनिक

‘रुमाल चिनो देऊ’ सार्वजनिक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  गायक पुरुषोतम दहाल र आशा राना मगरको सुमधुर स्वरमा सजिएको ‘रुमाल चिनो देऊ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। 

प्रेमिल शैलीको यस गीतलाइ अशोक कुमार सापकोटा लेखेका हुन्। गीतमा रामहरी भण्डारीको सङ्गीत रहेको छ भने सुफिक्स मदनलेले एरेन्ज गरेका छन् । 

प्रेमी र  प्रेमिकाबीचको मिठो सम्झना र कल्पनालाई प्रस्तुत गरिएको भिडियोमा गायक पुरुषोतम दहाल र सुप्रिया गुरुङको अभिनय छ।  रोशन धितालले सम्पादन गरेको भिडियोलाई मरुभुमि नारायणले छायाङ्कन गरेका हुन्।

भिडियोलाई पुरुषोतम दहालको निर्देशनमा तयार पारिएको छ। भिडियो ‘रामहरी भण्डारी’ को आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको जनाइएको छ।  

  

Recent Comments

No comments to show.