भक्तपुरमा हत्या गरिएको अवस्थामा पुरुषको शव फेला

भक्तपुरमा हत्या गरिएको अवस्थामा पुरुषको शव फेला

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भक्तपुरमा एक पुरुषको हत्या भएको छ ।

आइतबार बिहान भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ बोडेस्थित लर्डबुद्ध स्कुल अगाडिको टहरामा हत्या गरिएको अवस्थामा पुरुषको शव फेला परेको हो। 

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेका अनुसार मध्यपुर थिमी–८ का ५१ वर्षीय कल्याण साहु रहेका छन्।  उनको टाउकोमा चोट लागेको देखिएको छ।

प्रहरीका अनुसार मृतक पाण्डे रक्ताम्य अवस्थामा मृत फेला परेका हुन्। उनको गएराती नै हत्या भएको हुनसक्ने प्रहरीको आकलन छ। घटनास्थलमा रगत लागेको फर्मा समेत भेटिएको प्रहरीले जनाएको छ । 

घटनामा संलग्न भएको आशंकामा प्रहरीले केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ । शव पोस्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट लगिएको छ।  

Recent Comments

No comments to show.