विश्वराज पोखरेललाई तत्काल हाजिर हुन आईजीको पत्र, अबको चुनौती काममा फर्कने कि राजीनामा दिने

विश्वराज पोखरेललाई तत्काल हाजिर हुन आईजीको पत्र, अबको चुनौती काममा फर्कने कि राजीनामा दिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाल प्रहरीको महानिरीक्षक (आईजी) बढुवामा असन्तुष्टि जनाउँदै घर बिदामा बसेका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई तत्काल हाजिर हुन प्रहरी प्रधान कार्यालयले पत्र पठाएको छ। 

प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बिदामा बसेका एआईजी पोखरेलको बिदा सकिएकाले कार्यालयमा हाजिर हुन पत्र पठाएको छ। 

बुधबार नै थप १० दिनको बिदा माग गर्दै एआइजी पोखरेलले निवेदन दिएका थिए। तर, उक्त निवेदन प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले अस्वीकृत गरिदिएका छन्। 

आइजी बढुवामा असन्तुष्टि जनाएका एआइजी पोखरेल घर बिदा लिएर निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। अदालतले अन्तरिम आदेश दिन मानेन भने उनको मुद्दाको सुनुवाइ जेठ ३० गतेका लागि तोकिएको छ।

प्रदेश समन्वय विभागमा सरुवा गरिएका पोखरेलले आइजीपीमा सिंहलाई नियुक्ति दिएकोमा सर्वोच्च अदालतमा रिट दायर गरिएका थिए । त्यसको फैसला आउन बाँकी छ ।

रिटमा पोखरेलले आफूलाई वरिष्ठताका आधारमा आइजीपी नियुक्तिको आदेश दिनुपर्ने जिकिर गरेका छन् । उनलाई अब यही रिटको भर छ ।

एआइजीमा उमेरहदले ५६ वर्ष कटेपछि पोखरेल साउनमा स्वतः सेवानिवृत्त हुनेछन् । यसकारण उनका लागि साउन अगावै फैसला पक्षमा आओस् भन्ने छ ।  

बिदा अस्वीकृत भएपछि पोखरेलले सरुवा पत्र बुझेर हाजिर हुनुपर्नेछ । अन्यथा उनले राजीनामा दिनुपर्ने हुन्छ । हाजीर पनि नहुने र राजीनामा पनि नदिने भएमा कारबाहीमा पर्न सक्छन् ।

Recent Comments

No comments to show.