काठमाडौं । राजधानीको फोहोर व्यवस्थापन हुँदै आएको बन्चरे डाँडामा आज पनि तनावग्रस्त सिर्जना भएको छ ।
काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई बन्चरे डाँडाका स्थानीय बासिन्दाले अवरोध सिर्जना गरेका हुन । बन्चरेडाँडामा फोहोर बिसर्जनका लागि पुगेका गाडीलाई स्थानीयबासीले ढुंगामुढा बर्साएका छन् ।
घटनालाइ रोक्न प्रहरीले प्रहरीले भने अश्रु ग्याँस प्रहार गरेको छ । मंगलबारदेखि सरकारले प्रहरी लगाएर बन्चरेडाँडामा फोहोर बिसर्जन गरिंदै आएको छ । तर स्थानीय तहले भने सुरूदेखि नै अवरोध गर्दै आएका छन् ।
बन्चरेडाँडामा स्थानीयबासीले माग पूरा नभएसम्म फोहोर बिसर्जन गर्न नदिने अडान राख्दै आएका छन् ।
प्रतिक्रिया