मेडिकल काउन्सिलको वार्षिक परीक्षा तालिका सार्वजनिक

मेडिकल काउन्सिलको वार्षिक परीक्षा तालिका सार्वजनिक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले २०७९ सालको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ। काउन्सिलले स्नातक तह २ चरण र स्नातकोत्तर तहको दर्ता परीक्षा (लाइसेन्स परीक्षा)को मिति ३ चरणमा हुने गरी तय गरेको हो। 

काउन्सिलका अनुसार स्नातक तहको  असोज ६, ७ र ८ गते तथा माघ १२, १३ र १४ गते परीक्षा हुनेछ। यस्तै स्नातकोत्तर तहको विशेष परीक्षा साउन ६ र ७ गते, मंसिर ९ र १० गते तथा चैत १७ र १८ गतेलाई तोकिएको छ। 

साउन ६ र ७ गते हुन गइरहेको विशेष परीक्षाका लागि जेठ २० देखि असार २२ गतेसम्म आवेदन फारम भर्न काउन्सिलले भनेको छ। 

विदेशमा भर्ना भई कोभिडका कारण नेपालमा इन्र्टनशीप गरिरहेका विद्यार्थीहरूले परीक्षामा सामेल हुन शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले तोकेको अवधिको इन्टर्नशीप पूरा गरेको र विश्वविद्यालयको अन्तिम प्रमाणपत्र आवश्यक पर्ने काउन्सिलले जनाएको छ। 

Recent Comments

No comments to show.