काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ। बैठक बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ।
बैठकमा विनियोजन विधेयकमाथि छलफल जारी रहनेछ। आज प्रतिनिधि सभामा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ।
साथै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग छलफल गर्ने सम्भावित कार्यसूची छ।
प्रतिक्रिया