जिसस कालिकोट प्रमुखमा शाही निर्वाचित

जिसस कालिकोट प्रमुखमा शाही निर्वाचित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत ।  जिल्ला समन्वय समिति कालीकोटका प्रमुखमा धनजित शाही विजयी भएका छन् । माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेका शाही आज भएको निर्वाचनमा विजयी हुनु भएका हुन् । उपप्रमुखमा माओवादी केन्द्रकै मिना रावत (विश्वकर्मा) विजयी भएकी छन् । 

जिल्ला समन्वय समितिको निर्वाचनका लागि कालीकोटमा माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादीले गठबन्धन गरेका थिए । 

जिल्ला समन्वय समितिमा १८ मत रहेको कालीकोटमा गठबन्धनका उम्मेदवारहरुले १५ मत पाएको र एमालेका उम्मेदवारहरुले २ मत पाएको १ जना मतदाता निर्वाचन प्रक्रियामा सहभागी नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  त्यस्तै, सदस्यमा माओवादी केन्द्रका ४ जना, नेपाली कांग्रेसका २ जना र १ जना एकीकृत समाजवादीका विजयी भएका छन् ।  

 

Recent Comments

No comments to show.