पूँजीबजार लगानीकर्ता संघले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र,समस्या तत्काल समाधान गर्ने प्रतिवद्धता

पूँजीबजार लगानीकर्ता संघले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र,समस्या तत्काल समाधान गर्ने प्रतिवद्धता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल पूँजी बजार लगानीकर्ता संघका पदाधिकारीहरुले प्रधानमन्त्री शेर बहादुर देउवालाई ४  बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

संघकी अध्यक्ष राधा पोखरेलको नेतृत्वमा विभिन्न ४ बुँदे माग राख्दै प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाइएको हो ।

ज्ञापनपत्रमा शेयर धितो कर्जामा लगाइएको ४ करोड र १२ करोडको क्यापलाई पूर्ण रुपमा खारेज गर्न माग गरिएको छ।

यसैगरी सीसीडीलाई सीडीमा कायम गरिएकोमा यसलाई खारेज गरी पुनः सीसीडी कायम गर्न माग गरिएको छ।

भारित औसतदर १५० लागू गर्ने निर्णय भएकोमा सो निर्णय खारेज गरी पुरानै भारित औसत दर १०० कायम गर्नुपर्ने माग गरिएको छ।

पूँजीबजारलाई ७ प्रदेश र ७७ जिल्लामा विकास र विस्तार गर्ने बैंकलाई ब्रोकर लाइसेन्स दिन पनि माग गरिएको छ।

निरन्तर बजारमा आएको गिरावटले लगानीकर्ताहरु मारमा पर्नुका साथै आन्दोलीत हुने अवस्था आएका कारण समस्या समाधानको पहल गरिदिन आग्रह गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको संघले जनाएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले सम्बन्धीत निकायसँग समन्वय गरी समस्या समधानका लागि आवश्य पहल गरिदिने प्रतिवद्धता व्यक्त गरेका संघकी अध्यक्ष पोखरेलले जानकारी दिइन् ।

उनले भनिन्– ‘लगानीकर्ताहरु घर न घाटको अवस्थामा पुगिसके, आत्महत्या गर्नुपर्ने स्थिति आइसक्यो, यसकारण प्रधानमन्त्रीज्यूलाइ ज्ञापनपत्र बुझाउनुका साथै समस्या समाधान को लागि पहल गरिदिन भेटेरै आग्रह गरेका छौं ।’

बजार लगानीकर्ता संघका पदाधिकारीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीलाई फोन गरी पूँजीबजारमा देखिएका समस्या हल गर्न निर्देशन समेत दिएका छन् ।

संघका सहभागि प्रतिनिधिका अनुसार प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीलाई आमलगानीकर्ताको समस्या सुन्ने मात्र होइन र उचित समाधान पहिचान गरी कार्यान्वयन गर्नसमेत निर्देशन दिएका हुन् ।

Recent Comments

No comments to show.