चितवनमा जंगली जनावरको आक्रमणबाट २२ जनाको मृत्यु

चितवनमा जंगली जनावरको आक्रमणबाट २२ जनाको मृत्यु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न तथा बस्तु चराउन गएका २२ जनाको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको छ ।

चालू आर्थिक वर्षमा निकुञ्ज सुरक्षामा खटिँदा, घाँस दाउरा गर्न जाँदा, पूजा गर्न जाँदा, पर्व मनाएर घर फर्कदै गर्दा जंगली जनावरको आक्रमणमा परी विभिन्न समयमा उनीहरूको मृत्यु भएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालू आर्थिक वर्षमा सबैभन्दा बढी बाघको आक्रमणबाट मानवीय क्षति भएको छ ।

बाघको आक्रमणबाट १३ जनाको मृत्यु भएको छ । यस्तै गैँडाको आक्रमणबाट छ र जंगली हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको उनले जानकारी दिए ।

गत आर्थिक वर्षमा जंगली जनावरको आक्रमणमा परी १२ जनाको मृत्यु भएको थियो ।

त्यसमध्ये गैँडाको आक्रमणमा चार, बाघको आक्रमणमा चार, जंगली हात्तीको आक्रमणमा दुई, गौरी गाईको आक्रमणमा एक र बँदेलको आक्रमणमा परी एक जनाको मृत्यु भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । 

Recent Comments

No comments to show.