काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा चन्द्रागिरि नगरपालिका वडा नं-६ स्थित मातातीर्थमा वृक्षरोपण गरिएको छ ।
चन्द्रागिरि राइडर्स क्लबद्वारा आयोजित कार्यक्रममा चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीले वृक्षरोपणको शुभारम्भ गर्दै वातावरण संरक्षण गर्न नगरपालिकाले उच्च प्राथमिता दिने र नगरलाई हरियाली बनाउन वृक्षरोपणलाई अभियानकारूपमा सञ्चालन गरिने जानकारी दिए ।
उनले भने, ‘चन्द्रागिरिको थप पर्यटन प्रवर्द्धन गर्न साइकल ट्रेलको विकास र विस्तार गरिने छ ।’ नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापन : पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस आज मनाइँदैछ ।
प्रतिक्रिया