दियाको बालकथासङ्ग्रह ‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’ बजारमा

दियाको बालकथासङ्ग्रह ‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’ बजारमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । दिया सापकोटाको अङ्ग्रेजी बालकथासङ्ग्रह ‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’ प्रकाशन भएको छ । दियाका कथाहरूले वातावरण संरक्षणतर्फ विशेष जोड दिएका छन् ।

हिम्मत, कल्पना र सपनाले भरिएका दियाका कथाहरूमा पाठकलाई तान्न सक्ने विषय, प्रस्तुति, शैली र भाषा प्रयोग गरिएको छ । यस पुस्तकमार्फत पाठकले जमिन, समुद्र र वायुमण्डलमा साहसिक यात्रा गर्छन् । वातावरणमैत्री सोच र चिन्तन विकास गराउन उनका कथाहरू सक्षम छन् ।

सात वर्षको उमेरदेखि नै कथा लेख्न थालेकी दिया यस पुस्तक प्रकाशन हुँदा एघार वर्ष पूरा भएकी छिन् । पुस्तकमा जम्मा नौ थान बालकथा समेटिएका छन् । तारा सापकोटाले उक्त कथाका लागि चित्र बनाएकी छिन् । 

पुस्तक बालबालिकाका लागि उर्जा, उत्साह र प्रेरणाको स्रोत हुने अपेक्षा गरिएको छ । कलम प्रकाशनले प्रकाशन गरेको ‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’को मूल्य २ सय रुपैयाँ रहेको छ ।

Recent Comments

No comments to show.