काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग शनिबार भेटवार्ता गरेका छन् ।
ललितपुरको खुमलटारस्थित अध्यक्ष दाहालको निवासमा भएको भेटमा समसामयिक राजनीतिका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा संघीय संसदमा पेस भएको आगामी आर्थिक वर्षको बजेट, सरकारले संसदमा पेस गर्न लागेका विभिन्न विधेयक, स्थानीय तह निर्वाचनको समीक्षा र सत्तारूढ दलको गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको जनाइएको छ ।
सरकारले प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने तयारी गरेकामा त्यसबारे पनि छलफल भएको थियो ।
प्रतिक्रिया