स्थानीय जनप्रतिनिधिलाई अर्थमन्त्रीको निर्देशन-‘ठूला काम होइन, जनता खुसी हुने साना काम गर्नुस्’

स्थानीय जनप्रतिनिधिलाई अर्थमन्त्रीको निर्देशन-‘ठूला काम होइन, जनता खुसी हुने साना काम गर्नुस्’

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले पालिका भित्रका स्थानीयलाई ठूला कामको सपना नदेखाउन आग्रह गरेका छन् । स्थानीय जनप्रतिनिधिसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

‘तपाईहरुले स्थानीय जनतालाई ठूला काम गर्ने भनेर सपना नबाँड्नुस् र त्यस्ता काम गर्नेतिर पनि नलाग्नुस्’ उनले भने, ‘स्थानीय जनतालाई स–साना काम गरेरै खुसी बनाउने प्रयास गर्नुस ’ स्थानीयको दैनिकीसँग जोडिएको आवश्यकताहरु पुरा गरेर सबैको मन जित्ने काम गर्नुस् ।’

स्थानीयको आवश्यकताका आधारमा पहिचान भएका ठूला परियोजना प्रदेश र संघले बनाउने पनि जानकारी दिए ।

मन्त्री शर्माले आफ्नो गृह जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिसँग शुक्रबार बिहान अर्थमन्त्रालयमा भेटमा पालिका तथा वडा कार्यालय आउने स्थानीयलाई कामको सहजीकरण गर्न छुट्टै कर्मचारीको व्यवस्था गर्न पनि निर्देशन दिए ।

‘कार्यालयमा सेवाग्राही आउनासाथ नमस्ते गर्दै स्वागत गर्न एउटा कर्मचारी राख्न समेत आग्रह गरेका छन् । ती कर्मचारीलाई सेवाग्राही के कामका लागि आएको हो, त्यो काम तुरुन्त गराउन सहजीकरण गर्न लगाउन सुझाव दिए ।

उनले भने जनप्रनिधि पनि नमस्ते खाएर बस्ने होइन, विकास निर्माणको कामको निरन्तर अनुगमन गर्नुस् ।’

संघ र प्रदेशले बनाएका परियोजनाको निरन्तर अनुगमन, मूल्यांकन र खबरदारी गर्ने काम स्थानीय तहको भएकाले त्यस्तो जिम्मेवारी पुरा गर्न निर्देशन दिए ।

त्यस्तै प्रत्येक हप्ता जनताको बीच गएर अन्तरक्रिया, भेटघाट र सामिप्यता बढाउन सुझाव दिए ।

मन्त्री शर्माले स्थानीयस्तरका बारेमा पर्याप्त ज्ञान राख्न, वडा सदस्यहरुलाई विभिन्न समिति बनाई जिम्मेवारी दिन, विकास–योजनाका बारेमा जिल्लास्तरका कर्मचारीहरुसँग छलफल गर्न, जनप्रतिनिधिलाई नैतिक आचरणबारे प्रशिक्षण दिन, दुई वा सो भन्दा बढी पालिकास्तरमा समन्वय गरी काम गर्नुपर्नेलगायतका सुझाव दिएका थिए ।

Recent Comments

No comments to show.