काठमाडौं । स्थानीय तहको निर्वाचन सकिएपछि निर्वाचित जनप्रतिनिधि जनताको काममा केन्द्रित भइसकेका छन् ।
उनीहरु जनताको सेवामा केन्द्रित भएर काम सुरु गरिसकेका छन् । तर कतिपय जनप्रतिनिधि भने कार्यकर्ता र नेता रिझाउनतिर लागेका छन् । ललितपुर महानगरपालिका १५ वडामा निर्वाचित वडाध्यक्ष सुरेश वहादुर शाहीले निर्वाचित भएलगत्तै ककटेल पार्टी गरेर खुशियाली मनाएका छन्।
शुक्रबार उनले ललितपुरको महालक्ष्मीमा रहेको डिलाइट पार्टी प्यालेसमा ७०० जना कार्यकर्ता र जिल्लाका नेकपा एमालेका नेताहरुलाई मदिरासहितको रात्रीभोज खुवाएका हुन्।
नगरपालिकाको वडाध्यक्षमा निर्वाचित भएपछि उनले आफ्र नजिकका व्यक्ति, कार्यकता र नेताहरुलाई पार्टी दिएका छन्। उनले शुक्रबार विहानैदेखि पार्टी प्यालेस बुक गरेका थिए। विहानदेखि नै उनले भोजभतेर खुवाउन सुरु गरेको स्रोतको भनाई छ। उक्त भोजमा एमालेका नेता हरिकृष्ण ब्यञ्जनकार, शुशीला नेपाललगायत केन्द्रिय सदस्यहरु समेत सहभागी थिए।
स्रोतका अनुसार एक जना व्यक्ति वराबर करिब १ हजार पाँच सय खर्च गरिएको छ। यस सम्बन्धमा वडाध्यक्ष शाहीले कुल पुजाको भोज खुवाएको बताए। उनले भने, ‘त्यसरी भोज गरेको होइन, नजिकका आफन्तलाई बोलाएर सामान्य रमाइलो गरेको हो।’ शाहीले वडाका कर्मचारीलाई समेत बोलाएका थिए।
प्रतिक्रिया