सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

त्यस्तै गठबन्धनको चुनाव परिचालन समितिका संयोजक एवम् कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेकपा एसका सम्मानित नेता झलनाथ खनाल, माओवादी नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालगायतका नेताहरु सहभागी छन् ।

बैठकमा स्थानीय निर्वाचनमा गरिएको चुनावी तालमेलको समीक्षा हुने बताइएको छ ।

Recent Comments

No comments to show.