रञ्जन कोइराला केन्द्रीय कारागार नख्खु चलान

रञ्जन कोइराला केन्द्रीय कारागार नख्खु चलान

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला केन्द्रीय कारागार, नख्खु चलान भएका छन् ।

उनले यसअघि डिल्लीबजार कारागारमा करिब साढे ८ वर्ष कैद भुक्तान गरेर सर्वोच्च अदालतले जन्मकैदको सजाय घटाइदिएपछि २०७७, साउन ८ मा कैदमुक्त भएका थिए ।

उनी अब २०९० मंसिर १२ सम्म कारागारमा बस्नुपर्ने छ । पत्नी गीता ढकालको हत्या अभियोगमा २०६८ माघमा पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतले २०७१ वैशाख ७ मा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो ।

जिल्लाको फैसलालाई तत्कालीन पुनरावेदन अदालत पाटनले सदर गरेको थियो । त्यसविरुद्ध सर्वोच्च गएका कोइरालालाई प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले २०७७ असार १५ मा साढे ८ वर्ष कैदमा बसे पुग्ने फैसला गरेसँगै जन्मकैदको सजाय घटेको थियो । 

सर्वोच्चको उक्त फैसला विरुद्ध महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनको निवेदन दिएको थियो ।

त्यही निवेदन माथि फैसला गर्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीशद्वय टंक मोक्तान र कुमार चुडालको पूर्ण इजलासले बिहीबार कोइरालाको जन्मकैदको सजाय घटाउने यसअघिको फैसला उल्टाएको थियो ।

Recent Comments

No comments to show.