काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी वस्तुको प्रयोग सरकारबाटै सुरू गर्ने विषयलाई बजेटमा उच्च प्राथमिकता दिइएको बताएका छन् ।
बजेटबारे अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘अब सरकारले स्वदेशी वस्तु नै प्रयोग गर्नुपर्छ । बिस्कुट त चाहियो तर त्यो पनि स्वदेशी आओस् । सेनिटाइजर स्वदेशी आओस् । मास्क पनि स्वदेशी आओस् । सुरू कसले गर्ने त ? पहिला सरकारले गर्नुपर्यो । सरकारमा बस्ने पहिले हामीले नै सुरू गर्नुपर्यो । त्यसो गर्ने प्रतिवद्धता हामीले गरेको छौँ । र, हामीसँग धागो कारखाना छ । कपडा उद्योग छ । प्राइभेट धागो कारखाना छ । तिनलाई पनि सहुलियत दिँदैछौँ । तिनलाई हामी सुविधा दिँदैछौँ,अर्थमन्त्री शर्माले भने, ‘बिजुलीमा सुविधा दिन्छौँ हामी । निर्यात गर्दा नगद इन्सेन्टिभ दिन्छौँ । त्यसबाट हामी उनीहरूलाई उत्साहित गर्न खोजिराखेका छौँ । टायर उद्योग, रबर उद्योग त्यत्तिकै छ । त्यसलाई बेच्नुपर्ने अवस्था छ ।’
प्रतिक्रिया