कुन मन्त्रालयलाई कति बजेट ?

कुन मन्त्रालयलाई कति बजेट ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि आइतबार संसदमा बजेट पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई १ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए । 

शिक्षा मन्त्रालयलाई ७० अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई मन्त्रालयलाई १० अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कृषि मन्त्रालयलाई ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ८ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

शहरी विकास मन्त्रालयलाई ३७ अर्ब ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । स‌ंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका लागि २५ अर्ब ३ कराेठ रुपैयाँ विनियाेज गरिएकाे छ ।

Recent Comments

No comments to show.