स्वास्थ्य बिमा कार्यक्रम बिमा कम्पनीमार्फत गर्ने तयारी,स्वास्थ्य क्षेत्रमा बजेट कति ?

स्वास्थ्य बिमा कार्यक्रम बिमा कम्पनीमार्फत गर्ने तयारी,स्वास्थ्य क्षेत्रमा बजेट कति ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले आगामी वर्ष देखि स्वास्थ्य बिमा कार्यक्रम बिमा कम्पनीमार्फत गर्ने तयारी गरेको छ ।

हाल स्वास्थ्य बिमा बोर्डमार्फत कार्यक्रम सञ्चालन हुँदै आएकोमा अब बिमा कम्पनीमार्फत गर्न लागेको हो । उक्त कार्यक्रम बिमा कम्पनीमार्फत सञ्चालनका लागि आवश्यक तयारी गर्ने घोषणा अर्थमन्त्री जनार्दन शर्माले गरेका हुन ।

यस्तै गरी सरकारले आगामी आर्थिक वर्ष २०७९-९० मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि ६१ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ ।

सरकारले आगामी वर्षदेखि सरकारले विपन्नलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै ४० वर्ष माथिका नागरिकका लागि स्थानीय तहमार्फत निःशुल्क स्क्रिनिङ सेवा दिइने जनाइएको छ ।

सरकारले स्वास्थ्यका लागि प्रदेशमा ६ अर्ब र स्थानीय तहमा २७ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

Recent Comments

No comments to show.