अब काठमाडौंबाहिरबाट पनि श्रम स्वीकृति, श्रमिकका निम्ति सञ्चित लगानी कोषको व्यवस्था

अब काठमाडौंबाहिरबाट पनि श्रम स्वीकृति, श्रमिकका निम्ति सञ्चित लगानी कोषको व्यवस्था

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले श्रम स्वीकृति काठमाडौंबाहिरबाट पनि उपलब्ध गराउने भएको छ ।

आर्थिक वर्ष २०७९-८० को बजेट पेस गर्दे अर्थमन्त्री जनार्दन शर्माले श्रम स्वीकृति काठमाडौंबाहिरका श्रम तथा रोजगार कार्यालयबाट दिइने बताएका हुन् ।

‘काठमाडौंबाहिरका श्रम तथा रोजगार कार्यालयबाट अनलाइनमार्फत श्रम स्वीकृतिको प्रबन्ध मिलाइनेछ,’ उनले भने । श्रमिकको गन्तव्य र कामको किसिमलगायतका विषयमा अग्रिम जानकारी  दिइने र कल्याणकारी सेवाका निम्ति अनलाइन प्रणालीबाट प्रदान गरिने शर्माले बताए ।

वैदेशिक रोजगारमा गएकाहरूका निम्ति  सञ्चित लगानी कोष सञ्चालन गर्ने उनले बताए । ‘सञ्चित कोषबाट उत्पादन क्षेत्रमा लगानी गरेर प्रतिफल वितरण गरिनेछ,’ उनले भने ।  

Recent Comments

No comments to show.