पर्यटन क्षेत्रमा ९ अर्ब ३८ करोड बजेट, औद्योगिक पूर्वधारतर्फ पौने ४ अर्ब

पर्यटन क्षेत्रमा ९ अर्ब ३८ करोड बजेट, औद्योगिक पूर्वधारतर्फ पौने ४ अर्ब

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । सरकारले पर्यटन क्षेत्रको लागि ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

संसदमा आईतवार आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो बराबरको बजेट विनियोजन गरिएको बताए।

पर्यटन प्रवद्र्धन लगायतका कार्यक्रम समावेश गरी उनले सो रकम विनियोजन गरेको जानाकारी दिए।

उनका अनुसार सबै मठ मन्त्रीको मूर्तिहरु झल्कने गरी प्रतिकारात्मक संग्रालयको समेत स्थापना आगामाी आर्थिक वर्षमा हुने भएको हो।

त्स्तै सरकारले सम्भावित क्षेत्रमा सरकारी नीजि साझेदारीमा औद्योगिक ग्राम स्थापना गरिने घोषणा गरेको छ।

नेपाल सरकारबाट घोषणा भएका १०५ वटा औद्योगिकग्राम तीनै तहका सरकारको समन्वयमा कार्यन्वयन गरिने नयाँ वर्षको बजेटमा उल्लेख रहेको छ।

बाँकी स्थानीय तहमा औद्योगिक क्षेत्र स्थापना गर्न तयारी गरिने व्यवस्था गरिएको छ। दमक, मोतिपुर, दैजीमा औद्योगिक पूर्वधार निर्माणका लागि बजेट विनियोजन गरिएको छ।

औद्योगिक पूर्वधारतर्फ ३ अर्ब ७९ करो बजेट विनियोजन गरिएको छ।

Recent Comments

No comments to show.