हराएको विमान मुस्ताङको लेतेमा दुर्घटना भएको आशंका

हराएको विमान मुस्ताङको लेतेमा दुर्घटना भएको आशंका

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको लेतेमा दुर्घटना भएको आशंका गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरिन्जिवी रानाले लेतेमा दुर्घटना भएको आशंका गरिएको बताए । उनकाअनुसार शंका गरिएको उक्त ठाउँमा उद्दार टोली पनि पठाइएको छ ।

आइतबारपोखराबाट जोमसोमका लागि उडेको उक्त विमान सम्पर्कविहीन भएको थियो ।  नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले विमान सम्पर्कमा नआएको जानकारी दिए ।

उक्त विमानमा चालक दलका सदस्यसहित २२ जना सवार रहेको जनाइएको छ । पोखराबाट ९ः५५ बजे उडेको उक्त विमान १०ः१५ मा जोमसोम विमानस्थल अवतरण गर्नुपर्ने भएपनि अहिलेसम्म अवतरण गरेको छैन ।

उक्त विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को–पाइलट इतासाप पोखरेल र एयर होस्टेज कास्मी थापासहित १३ नेपाली, ४ भारतीय र २ अन्य देशका नागरिक सवार रहेको जनाएको छ ।

गौतमकाअनुसार विमान १०ः१० बजेसम्म सम्पर्कमा रहेपनि त्यसपछि भने सम्पर्कविहीन भएको हो ।

यो पनि

Breaking : १९ यात्रु लिएर उडेको तारा एयरको विमान सम्पर्कविहीन

अन्तिमपटक घोडेपानीमा रिपोर्ट भएका थियो ताराको जहाज

Recent Comments

No comments to show.