काठमाडौं । विहान १ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरलाइन्सको जहाज अन्तिम पटक घोडेपानीमा रिपोर्ट भएको जनाइएको छ ।
नेपाल नागरिक उउड्डयन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार ताराको ९ एनएईटी कलसाइनको जहाज अन्तिम पटक घोडेपानीमा रिपोर्ट भएको थियो ।
सिटौलाका अनुसार हाल प्राधिकरणले रेस्क्यूका लागि घोडेपानीमा फिसटेल एयरको जहाज पठाएको छ । १९ यात्रुसवार जहाज जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका हुन् । जसमा चार भारतीय दुई विदेशी र १३ नेपाली नागरिक सवार छन् ।
यो पनि
Breaking : १९ यात्रु लिएर उडेको तारा एयरको विमान सम्पर्कविहीन
प्रतिक्रिया