काठमाडौं । युईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि स्पेनिस क्लब रियल म्याड्रिडले जितेको छ । रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको १४औं पटक उपाधि जितेको हो ।
उपाधि भिडन्तमा इंग्लिस क्लब लिभरपुलमाथि १–० को संघर्षपूर्ण जितकासाथ रियलले निर्धारित ९० मिनेटभित्रै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।
पेरिसमा शनिबार राति भएको खेलमा रियललाई जिताउन भिनिसियस जुनियरले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा रियल म्याड्रिडका लागि खेलको ५९ औं मिनेटमा जुनियरले फेडे भाल्भेर्डेको पासमा गोल गरेका थिए ।
पछिल्लो ९ सिजनमा रियलले पाँचौं पटक च्याम्पियन्स लिग उपाधि जितेको हो।
प्रतिक्रिया