‘कमेडी हब’ लिएर आउँदै ‘माग्ने बूढा’

‘कमेडी हब’ लिएर आउँदै ‘माग्ने बूढा’

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हास्य कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बूढा’ले कमेडी शो ‘कमेडी हब’ निर्देशन गर्ने भएका छन्।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नयाँ कमेडी शो ‘कमेडी हब’को औपचारिक घोषणा गरिएको हो। जेठ ११ गते बुधबारदेखि ‘कमेडी हब’ प्रसारण हुनेछ।

शोमा माग्ने बूढासहित कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्त, कमेडियनहरू राजा राजेन्द्र, खड्ग बहादुर पुन मगर (खबपु), चन्चल मगर, प्रभात लामा, दिलिप तामाङ०, बेदना राई, सिता न्यौपाने, जानुका पौड्याल, राधिका कँडेल, दिपेन्द्र प्रसाईं, राजेन्द्र नेपाली, कल्पना खतिवडा, नारिया गिरी, अनिल राई, संगम राई र दिपेश घिमिरेले कमेडी कला प्रस्तुत गर्ने भएका छन्।

शोमा कमेडीका ६ शैली प्रस्तुत गरिने उनले बताएका छन्। शोका विषयवस्तु निर्देशन माग्ने बूढा र प्राविधिक निर्देशन जनकदीप पराजुलीले गरिरहेका छन्। ‘कमेडी हब’ एपिवान टेलिभिजनबाट प्रत्येक बुधबार राति ८ बजे प्रसारण हुने बताइएको छ।

Recent Comments

No comments to show.