सामाजिक सञ्जाल मार्फत २८ लाख ७९ हजार ठगी गर्ने पक्राउ

सामाजिक सञ्जाल मार्फत २८ लाख ७९ हजार ठगी गर्ने पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी अनलाईन मार्फत ठगी गरेको आरोपमा प्रहरीले राजधानीबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१७ सोह्रखुट्टे बस्ने दोलखा शैलुङ गाउँपालिका-८ शैलुङगेश्वरीका ३५ वर्षीय उत्सव श्रेष्ठ रहेका छन् ।

उनलाई सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीन भवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । सामाजिक सञ्जाल ह्वाट्सएप, इमो, बोटिम, भाइबरको दुरुपयोग गरि पीडितहरूलाई आफू कम्बोडियास्थित क्यासिनोमा काम गर्ने व्यक्ति भन्दै उनले ठगी गरेको प्रहरीले जनाएको छ ।

उनले अमेरिकाबाट सञ्चालन भएको लटरी मार्फत ६ लाख २७ हजार ६ सय ११ युरो डलर परेको र उक्त रकम पाउनका लागि विभिन्न भ्रमपूर्ण म्यासेज पठाई पीडितहरुलाई विश्वासमा पारी ठग्ने गरेको प्रहरीको भनाइ छ ।

नेपालमा रहेका विभिन्न ब्यक्तिहरुको बैंक खातामा रकम जम्मा गर्न लगाई उनले २८ लाख ७९ हजार रूपैयाँ ठगी गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Recent Comments

No comments to show.