दोहोरो अंकले बढ्यो नेप्से,परिसुचक २२१७ अंक पुग्दा १ अर्ब ८ करोडको कारोबार

दोहोरो अंकले बढ्यो नेप्से,परिसुचक २२१७ अंक पुग्दा १ अर्ब ८ करोडको कारोबार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । केही दिनदेखि ओरालो लागेको बजारमा मंगलबार न्यून अंकको सुधार आएको हो ।

मंलगबार बजार मापक सूचक नेप्से १६३२ अंकले बढेर २२१७ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२४ कम्पनीको १ अर्ब ८ करोड ८८ लाख ३३ हजार ५४१ रुपैयाँ बराबरको ३१ लाख ७३० कित्ता शेयर किनबेच भएका छन् ।

सोमबार कारोबारमा आएका १२ वटा समूहको परिसूचकमा हरियाली छाएको छ । भने एक वटाको बढेको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । सोमवार १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १९१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५.९५ प्रतिशतले बढेको छ भने अप्पर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य ५.५८ प्रतिशतको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज ४ करोड ८४ लाख भन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै, आज कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।

 

Recent Comments

No comments to show.