भरतपुर महानगरको मेयरमा रेनु दाहाल निर्वाचित

भरतपुर महानगरको मेयरमा रेनु दाहाल निर्वाचित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजयी भएकी छन्। एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पछि पार्दै दाहाल भरतपुरको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन्।

महानगरमा गणना सकिएपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रूपमा रेनुलाई विजयी घोषित गर्न बाँकी छ। दाहालले ५२ हजार ३० मत ल्याउँदा सुवेदीले ३९ हजार ५ सय ८१ मत ल्याए। मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत पाए। 

उमपेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भए। अधिकारीले ५२ हजार ८ सय ३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले ३० हजार ६ सय १२ मत पाइन्।

भरतपुरमा सत्ता गठबन्धन र एमाले-राप्रपा गठबन्धनबीच चुनावी भिडन्त भएको थियो। सत्ता गठबन्धनले एमाले-राप्रपा गठबन्धनलाई मेयर र उपमेयर दुवै पदमा हराएको हो। 

Recent Comments

No comments to show.