पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो,ग्यास प्रतिसिलिण्डर २०० रुपैयाँ बढ्यो

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो,ग्यास प्रतिसिलिण्डर २०० रुपैयाँ बढ्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाल आयल निगमले एलपी ग्यास सहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। 

निगमले पेट्रोलको मूल्यमा प्रति लिटर १० रुपैयाँले बढाएर १८० पुर्‍याएको छ। डिजल र मट्टीतेलको मूल्यमा प्रति लिटर १० रुपैयाँले बढाएर १६३ बनाइएको छ।

खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रति सिलिन्डर २०० रुपैयाँले बढाएर १८०० पुर्‍याइएको छ।

मूल्य समायोजनपछि पनि निगम मासिक रूपमा एलपी ग्यासमा तीन अर्ब, डिजलमा करीब तीन अर्ब ४० करोड र पेट्रोलमा करीब एक अर्ब घाटामा रहेको निगमले दाबी गरेको छ।

हवाई इन्धनतर्फ आन्तरिकका लागि प्रति लिटर १० रुपैयाँले बढाएर १६६ बनाइएको छ।

महँगो मूल्यमा इन्धन खरीद गर्दा विदेशी मुद्रा सञ्चितिमा असर परेको भन्दै निगमले पेट्रोलियम पदार्थको खपत कम गर्न र विद्युत् लगायत स्वेदशी उर्जाको खपत बढाउन समेत उपभोक्तासँग अनुरोध गरेको छ।

निगमले इन्डियन आयल कर्पोरेशनलाई पेट्रोलियम पदार्थ खरीद बापत मे महीनामा ४३ अर्ब भुक्तानी गर्नुपर्नेमा २० अर्ब ६० करोड रुपैयाँ बिक्री बापत प्राप्त भई पठाइएको र बाँकी २२ अर्ब ४० करोड रुपैयाँ भुक्तानी हुन नसकेको जनाएको छ।

Recent Comments

No comments to show.