यातायात सञ्जालमा रारालाई छिट्टै जोड्नु पर्ने देखियो : अध्यक्ष थापा

यातायात सञ्जालमा रारालाई छिट्टै जोड्नु पर्ने देखियो : अध्यक्ष थापा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं ।  नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको अध्यक्ष ध्रव थापाले देशमा पूर्वाधार निर्माणमा राज्यले थप लगानी गर्दै यातायात संजालमा रारालाई छिट्टै जोड्नु पर्ने देखिएको बताएका छन् ।

रारामा सञ्चालित नाडाको एतिहासिक कार्यसमिति बैठकको अवसरमा उनले सो कुरा बताएका हुन् । अध्यक्ष थापाले कर्णाली साँचै सुन्दर रहेको तर, आवश्यक पूर्वाधार विकास हुन नसक्दा पछाडि परेको देखिएको भन्दै भने, ‘देशमा पूर्वाधार निर्माणमा राज्यले थप लगानी गर्दै यातायात संजालमा रारालाई छिट्टै जोड्नु पर्ने देखियो ।’

एशोसिएशनले शुक्रबार विहान २ हजार ९९० मिटरको उचाईमा रहेको रारामा कार्यसमिति बैठक सम्पन्न गरेको थियो। ‘प्रकृतिको मनोरम स्थानमा नाडाले आफ्नो कार्यसमितिको बैंठक राखेर आन्तरिक पर्यटन विस्तारमा एक प्रकारको संदेश प्रदान गर्न खोजेको उनले बताए । यसमा सबै पक्षको सहयोग महत्वपूर्ण रहेको पनि उनको भनाइ छ ।

बैंठकसँगै कर्णाली प्रदेशको कर्णाली अटोमोवाइल्स एशोसिएशनसँग पनि रारा तालको परिसरमा अन्तक्र्रिया कार्यक्रम आयोजना भएको थियो । सो अन्तक्र्रिया एशोसिएशनका अध्यक्ष भद्र भण्डारीले यातायात पूर्वाधार निर्माणलगायत प्रदेश सरकार र केन्द्र सरकारको पहलमा ‘स्पेशल अटो जोन निर्माण’, व्यवसायीको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन र अन्तर प्रदेश सम्बन्ध लगायतका विषयमा आफ्नो धारणा राखेका थिए ।

अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै नाडाका अध्यक्ष थापाले बजेट निर्माणको समयमा पनि धेरै विषयमा आफुहरुले सरकारलाई लिखित रुपमा सुझाव दिएको जानकारी गराए । कार्यक्रममा नाडाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलालले नाडा बलियो बनाउन स्थानिय स्तरबाटै आउने समस्या समाधान गर्दै जानु पर्ने धारणा राखेका थिए ।

यसैगरी नेपालगञ्ज आसपासमा रहेका अटोमोवाइल क्षेत्रका समस्याको विषयमा शनिबार नेपालगञ्जको सिद्धार्थ होटलमा अन्तक्र्रिया कार्यक्रम समेत सम्पन्न भएको थियो । नाडाले आफनो सामाजिक उत्तरदायित्वअन्तर्गत कर्णाली प्रदेशमा रहेर पर्यटकको ओसार पसारमा काम गर्ने पदमबहादुर रावललाई आर्थिक सहयोग गरेको थियो ।

रावलका दुई बच्चाको पढाई लेखाईमा सहयोग पुगोस् भनेर नगद १५ हजार रुपैयाँसमेत प्रदान गरिएको अध्यक्ष थापाले बताए । साथै, नाडाका सदस्यहरुले उनको परिवारका सदस्यलाई काठमाडौं वा जनकपुर जहाँ भए पनि रोजगारी दिने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।

Recent Comments

No comments to show.