बागमती प्रदेशको वर्षे अधिवेशन आह्वान गर्न सिफारिस

बागमती प्रदेशको वर्षे अधिवेशन आह्वान गर्न सिफारिस

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बाग्मती प्रदेश सरकारले १३ जेठमा बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले १३ जेठ बिहान ११ बजेका लागि वर्षे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यादव शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालकाअनुसार बैठकले दीर्घरोगीहरूलाई उपचार खर्चस्वरूप ५० हजार रुपैयाँ सहयोग रकम उपलब्ध गराउने कार्यविधि पास गरेको छ ।

साथै बैठकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत वृद्धाश्रम, अनाथालय, घाटलगायतमा दाउराको सहज आपूर्तिको व्यवस्था मिलाउने निर्णय भएको मन्त्री खनालले जानकारी दिए ।

Recent Comments

No comments to show.