बलात्कार घटनाकाे अनुसन्धान गर्न सरकारलाई निर्देशन

बलात्कार घटनाकाे अनुसन्धान गर्न सरकारलाई निर्देशन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सभामुख अग्निप्रसाद सापकाेटाले सुन्दरी प्रतियोगिताको क्रममा भएको बलात्कार प्रकरणमा शीघ्र अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रकरणको शीघ्र अनुसन्धान गरि दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देश दिएका हुन् । कांग्रेस सांसद गगन थापाले उक्त घटनाबारे सभामुखकाे ध्यानकर्षण गराएका थिए ।

८ वर्षअघि सुन्दरी प्रतियोगितामा भाग लिँदा बलत्कृत भएकाे भन्दै एक युवतीले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरेकी छिन् । भिडियो सार्वजनिक भएपछि उक्त प्रकरण सामाजिक सञ्जाल हुँदै संसदसम्म पुगेको छ ।

Recent Comments

No comments to show.