महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?

महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । सेक्स भन्ने बित्तिकै आममानिसको ध्यान आकर्षित गरिहाल्छ । यद्यपि, सेक्सबारे महिला र पुरुषले दिनमा कतिपटक सोच्छन् होला ? यसैबारे गरिएको एक अध्ययनले रोचक तथ्य फेला पारेका छ ।

अध्ययनका अनुसार एकजना पुरुषले दिनमा ३५ पटकसम्म सेक्सको बारेमा सोच्छन् । पुरुषको तुलनमा महिलाहरु पछि नै छन् । महिलाहरू स्वभावले लजालु हुने भएकाले उनीहरु यौन इच्छा व्यक्त गर्न हिचकिचाउँछन् । तर, सेक्सको बारेमा भने सोच्न छोड्दैनन् ।

अनुसन्धानको तथ्यांकअनुसार महिलाले दैनिक औसतमा १९ पटकसम्म सोच्ने गरेको पाइएको छ । यसलाई फिगरमा परिवर्तन गर्ने हो भने हरेक ५१ मिनेटमा महिलाको दिमागमा सेक्सको विचार आउँछ ।

धेरै मानिसहरू जो अझै सेक्सको बारेमा कुरा गर्न हिचकिचाउँछन् । उनीहरूले सेक्सको बारे महिलाहरूको सोचलाई नकारात्मक रूपमा पनि लिन्छन् ।

सेक्सको अर्थ मानिसअनुसार फरक–फरक छ । तर, सेक्सका बारे कुरा गर्नु वा सोच्नु भने गलत होइन । यो हाम्रो शरीरको प्राकृतिक आवश्यकता हो भन्ने बुझ्नुपर्छ ।

महिलामा किन कम ?

शोधकर्ताहरूका अनुसार यो भिन्नताको मुख्य कारण सेक्स हर्मन टेस्टोस्टेरोन हो । यो हर्मन महिलाको तुलनामा पुरुषमा प्रचुर मात्रामा पाइन्छ ।

यसैबीच, एक अनुसन्धानमा टेस्टोस्टेरोन बाहेक अन्य धेरै कारणहरू रहेको जनाएको छ । जुन औसत पुरुषको दिमागमा धेरैपटक घुमिरहेको हुन्छ ।

शारीरिक सन्तुष्टिको सट्टा, पुरुषहरूले आफ्नो अहंकारलाई सन्तुष्ट पार्न यौन क्रियाकलापको सहारा लिन्छन् । जबकि, महिलाहरू सेक्समा प्रेम खोज्छन् ।

यस मामलामा शारीरिक आवश्यकता पूरा हुन सक्छ, तर अहंकार पूर्ण हन सक्दैन ।

Recent Comments

No comments to show.