भरतपुर महानगरपालिकामा रेणु दाहालको मत अन्तर फराकिलो बन्दै,कसले कति मत पाए ?

भरतपुर महानगरपालिकामा रेणु दाहालको मत अन्तर फराकिलो बन्दै,कसले कति मत पाए ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  भरतपुर महानगरपालिकाको प्रमुखका लागि गठबन्धनकी उम्मेदवार रेणु दाहालले अग्रता फराकिलो बनाउँदै लगेकी छन् । 

पछिल्लो मत परिणाम अनुसार रेणुले एमालेका उम्मेदवार विजय सुवेदीलाई १७ सय मतान्तरले अग्रता लिएकी छन्। 

दाहालले ९ हजार ९७० मत ल्याउँदा सुवेदीले ८ हजार २५८ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल ४ हजार ५०४ मतसहित तेस्रो स्थानमा छन् भने विवेकशील साझाका प्रविन काफ्लेले ७० मत पाएका छन्। 

उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ७४० मतसहित अग्रता लिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले ६ हजार ६६८ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार पवित्रा जोशीले ६५ मत पाएकी छन्।  

Recent Comments

No comments to show.