४०८ पालिकाको मतगणना सकियो, कुन पालिकामा कसको जित ?

४०८ पालिकाको मतगणना सकियो, कुन पालिकामा कसको जित ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो मतपरिणाम अनुसार देशभरका ७५३ मध्ये ४०८ स्थानीय तहको मतगणना सकिएको छ । जसमा सबैभन्दा बढी कांग्रेस १८७ पालिका जितेर पहिलो, ११५ स्थानमा जितेर एमाले दोस्रो र तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ८२ स्थान जितेको छ । 

यस्तै नेकपा (एकीकृत समाजवादी) ले ७, जनता समाजवादी पार्टीले ५ र अन्यले १२ पालिकामा जित हासिल गरेका छन् ।

मत गणना गर्न बाँकी रहेका स्थानीय तहमा पनि ठूला दलहरूले नै अग्रता लिइरहेका छन् । जसमा कांग्रेस १२८, एमाले ८३, माओवादी केन्द्र ३३ स्थानमा अगाडि छन् ।

सबैभन्दा चासोको रुपमा हेरिएको काठमाडौं महानगर र भतरपुर महानगरमा भने क्रमश: स्वतन्त्र उम्मेदवार बालेन्द्र साह, गठबन्धनबाट उम्मेदवार बनेकी रेणु दाहालले अग्रता लिइरहेका छन् ।

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत वैशाख ३० गते मतदान भएको थियो ।

Recent Comments

No comments to show.