निर्वाचनको प्रारम्भिक नतिजाले एमाले अत्तालियो : कांग्रेस

निर्वाचनको प्रारम्भिक नतिजाले एमाले अत्तालियो : कांग्रेस

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले नेकपा एमालेले लगाएको आरोपको खण्डन गरेको छ । आइतबार नेकपा एमालेले विज्ञप्ति जारी गरेर चुनावमा धाँधली भएको आरोप लगाएपछि सोमबार कांग्रेसले पनि विज्ञप्ति जारी गरेर आरोपको खण्डन गरेको हो। 

चुनाव धाँधली भयो भन्ने आरोपलाई कांग्रेसले निर्वाचनको प्रारम्भिक परिणामबाट एमाले अत्तालिएको टिप्पणी गरेको छ। ‘निर्वाचनमा नेपाली कांग्रेस र गठबन्धनमा सहभागि अन्य दलहरुलको पक्षमा आएको परिणाम र देशभरका पालिकामा मत गणनाको प्रारम्भिक नतिजाको प्रवृत्ति (रुझान)ले नेकपा (एमाले) अत्तालिएको हामीले पाएका छौं,’ विज्ञप्तिमा भनिएको छ। 

विज्ञप्तिमा प्रधानमन्त्री देउवाको परिपक्वता र दूरदर्शिताका कारण लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थाको रक्षा र संविधानको संरक्षणका लागि गठबन्धन बनेको र जनताले पनि विश्वास गरेको बताइएको छ।

एमाले अध्यक्ष ओलीले निर्वाचन सम्पन्न भएपछि सरोकारवाला निकाय सबैलाई धन्यवाद दिएको तर नतिजा आउन थालेपछि धाधली गर्यो भन्नु गैरजिम्मेवारीपन हुने बताइएको छ। ‘निर्वाचन कार्यतालिकामा उम्मेदवारी दर्ताको समय दुई दिन राख्ने निर्णय निर्वाचन आयोगको हो, त्यसमा सरकार वा गठबन्धन दलको कुनै भूमिका छैन,’ विज्ञप्तिमा भनिएको छ ।  

विज्ञप्तिको अगाडि भनिएको छ, ‘निर्वाचनमा सहभागिता महत्वपूर्ण कुरा हो । विजय र पराजय सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकको स्वविवेकले गरेको मतदानमा निर्भर हुने नतिजा मात्र हो। लोकतन्त्रमा जनताको अभिमतलाई सबैले सहजरुप स्वीकार गर्नु पर्दछ । सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकको विवेकको सम्मान गर्न हामी आग्रह गर्दछौ।’  

Recent Comments

No comments to show.