काठमाडौं । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । मुलुकभरका ७५३ स्थानीय तहमध्य सोमबार मध्याह्नसम्म करिब एक सय स्थानीय तहको नतिजा सार्वजनिक भएका छन्।
हालसम्म प्राप्त नतिजाअनुसार कांग्रेसले सबैभन्दा बढी स्थानीय तहमा विजय प्राप्त गरेको छ भने एमाले दास्रो स्थानसहित कांग्रेसलाई पछ्याइरहेको छ। त्यस्तै नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ।
कांग्रेसले सयमध्य ४० स्थानीय तहको प्रमुख जितेको छ भने एमालेले ३५ र माओवादी केन्द्रले २४ स्थानीय तहमा प्रमुख पद जितेको छ। त्यस्तै एकीकृत समाजवादीले दुई स्थानीय तहमा प्रमुख जितेको छ।
कांग्रेसले ४६ स्थानीय तहको उपप्रमुख जितेको छ भने एमाले र माओवादी केन्द्रले क्रमशः ३२ र १६ स्थानीय तहको उपप्रमुख पद जितेको छ। त्यस्तै एकीकृत समाजवादीले ५ र जसपाले २ स्थानीय तहको उपप्रमुख जितेको छ ।
साढे २ सय स्थानीय तहमा कांग्रेसको अग्रता
मतगणना जारी रहेका स्थानीय तहमध्य २५८ कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । त्यस्तै १४२ स्थानीय तहमा एमाले र ९६ स्थानीय तहको प्रमुख पदमा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन्। एकीकृत समाजवादीका उम्मेदवारले १८ स्थानीय तहमा अग्रता लिएका छन्।
त्यस्तै २१३ स्थानीय तहको उपप्रमुख पदमा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । एमाले र माओवादी केन्द्रले क्रमशः १८२ र ११५ स्थानीय तहको उपप्रमुख पदमा अग्रता लिएका छन् भने एकीकृत समाजवादी र जनता समाजवादीले क्रमशः १५ र २७ स्थानीय तहको उपप्रमुखमा अग्रता लिएका छन्।
कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि
१. मनाङको नार्पा भूमी गाँउपालिका: कोन्जो तेन्जीङ लामा विजयी
२.मनाङको नासोँ गाउँपालिका: धनबहादुर गुरुङ विजयी
३. मुस्ताङको घरपोझङ गाउँपालिका: मोहनसिंह लालचन विजयी
४. गुल्मीको रेसुङ्गा नगरपालिकामा: खिलध्वज पन्थी विजयी
५. गन्यापधुरा गाउँपालिका- अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी
६. गुल्मीको गुल्मीदरबार गाउँपालिका: अध्यक्ष सरोजकुमार थापा विजयी
७. डोटीको बडीकेदार गाउँपालिका: अध्यक्ष भैरवबहादुर साउद विजयी
८. हुम्लाको खार्पुनाथ गाउँपालिका: अध्यक्ष कर्णबहादुर रावल विजयी
९. बागलुङको तमानखोला गाउँपालिका: अध्यक्ष जोकलाल बुढा
१०. बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका: अध्यक्ष भरत रोकाया
११. सोलुखुम्बुको लिखु पिके गाउँपालिका: अध्यक्ष मीनादेवी कार्की
१२. संखुवासभाको सभापोखरी गाउँपालिका: अध्यक्ष भीमबहादुर लिम्बू
१३. सल्यानको कुमाख गाउँपालिका: अध्यक्ष मानबहादुर बुढाथोकी
१४. बैतडीको शिवनाथ गाउँपालिका: अध्यक्ष कर्णसिंह साउद
१५. दैलेख भैरवी गाउँपालिका: अध्यक्ष रिता शाही
१६. लमजुङको दूधपोखरी गाउँपालिका: अध्यक्ष धनप्रसाद गुरूङ
१७. बागलुङको गलकोट नगरपालिका: मेयर भरत शर्मा
१८. तेह्रथुमको फेदाप गाउँपालिका: अध्यक्ष केशवप्रसाद भेटवाल
१९. पाँचथरको कुम्मायक गाउँपालिका: अध्यक्ष वंमप्रसाद लावती
२०. कास्कीको माछापुच्छ्रे गाउँपालिका: अध्यक्ष मीनबहादुर गुरूङ
२१. सोलुखुम्बुको सोताङ गाउँपालिका: अध्यक्ष खिलराज बस्नेत
२२. सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका: अध्यक्ष निमा ग्याजेङ शेर्पा
२३. डडेल्धुराको नवदुर्गा गाउँपालिका: अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी
२४. अछाम ढाकरी गाउँपालिका: अध्यक्ष प्रकाशबहादुर साउद
२५. ताप्लेजुङको मेरिङदेन गाउँपालिका: अध्यक्ष युक हां वीर हांगाम
२६. रसुवाको आमाछोदिङ गाउँपालिका: अध्यक्ष बुचुङ तामाङ
२७. म्याग्दीको रघुगंगा गाउँपालिका: अध्यक्ष भवबहादुर भण्डारी
२८. अछामको कमलबजार नगरपालिका: मेयर यज्ञप्रसाद ढकाल
२९. प्युठानको ऐरावती गाउँपालिका: नवीलविक्रम शाह
३०. डोटीको आदर्श गाउँपालिका: अध्यक्ष गणेशबहादुर खड्का
३१. धनकुटाको सागुरीगढी गाउँपालिका: अध्यक्ष जीतेन्द्र राई
३२. सल्यान त्रिवेणी गाउँपालिका: अध्यक्ष खिमबहादुर राउत
३३. बझाङको मास्टा गाउँपालिका: अध्यक्ष ज्ञानबहादुर बोहरा
३४.सर्लाही धनकौल गाउँपालिका: अध्यक्ष रामश्रेय साह
नेकपा एमाले विजयी भएका पालिकाहरू:
१. मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले विजयी
२. मनाङको चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी
३. मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी
४. मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका: अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी
५. मुस्ताङको लोमान्थाङ गाउँपालिका: अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी
६. डोल्पाको से फोक्सुण्डो गाउँपालिका: अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी
७. सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका : अध्यक्ष मिङ्मा छिरि शेर्पा विजयी
८. बझाङको साइपाल गाउँपालिका : अध्यक्ष मानबहादुर बोहोरा विजयी
९. नवलपुरको बौदीकाली गाउँपालिका : अध्यक्ष प्रकाश ओझा विजयी
१०. बझाङको थलारा गाउँपालिका: अध्यक्ष प्रकाश रोकाया विजयी
११. मुस्ताङको थासाङ गाउँपालिका: अध्यक्ष प्रदिप गौचन
१२. म्याग्दीको मालिका गाउँपालिका: अध्यक्ष वेगप्रसाद गर्वुजा
१३. तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका: अध्यक्ष यादवबहादुर खापुङ
१४. दार्चुलाको महाकाली नगरपालिका: मेयर नरसिंह चैसिर
१५. स्याङजाको हरीनास गाउँपालिका: अध्यक्ष खिमनारायण मानन्धर
१६. बैतडीको पन्चेश्वर गाउँपालिका: गोरखबहादुर चन्द
१७. दैलेखको गुराँस गाउँपालिका: अध्यक्ष टोपबहादुर वि.सी
१८. नवलपुरको बुलिङटार गाउँपालिका: अध्यक्ष दीपेन्द्र सुनारी
१९. रसुवाको गोसाइँकुण्ड गाउँपालिका: अध्यक्ष कैसाङ नुर्पू तामाङ
२०. इलामको माङसेबुङ गाउँपालिका: अध्यक्ष हेमन्त राई
२१. तेह्रथुमको छथर गाउँपालिका: अध्यक्ष सन्तवीर लिम्बू
२२. मकवानपुरको भीमफेदी गाउँपालिका: अध्यक्ष हिदम लामा
२३. डोटीको जोरायल गाउँपालिका: अध्यक्ष दुर्गादत्त ओझा
२४. भोजपुरको हतुवागढी गाउँपालिका: अध्यक्ष प्रेमकुमार राई
२५. पाल्पाको तिनाउ गाउँपालिका: अध्यक्ष प्रेम श्रेष्ठ
२६. मकवानपुरको इन्द्र सरोवर गाउँपालिका: अध्यक्ष देवकृष्ण पुडासैनी शर्मा
२७. पाल्पा पूर्वखोला गाउँपालिका: अध्यक्ष नुनबहादुर थापा
२८. तेह्रथुमको म्याङलुङ नगरपालिका: मेयर सन्जयकुमार तुम्बाहाङ्फे अध्यक्ष
२९. दैलेख डुंगेश्वर गाउँपालिका: अध्यक्ष सुन्दर केसी
३०. अर्घाखाँचीको पाणिनी गाउँपालिका: अध्यक्ष टेकराज न्यौपाने
३१. कञ्चनपुरको लालझाडी गाउँपालिका: अध्यक्ष निर्मल राना
नेकपा माओवादी केन्द्र विजयी भएका पालिकाहरू:
१.डोल्पाको जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय विजयी
२.दैलेखको नौमुले गाउँपालिका: अध्यक्ष छविराम सुवेदी
३. बाग्लुङ ताराखोला गाउँपालिका: अध्यक्ष धनबहादुर विक
४. उदयपुर लिम्चुङबुङ गाउँपालिका: अध्यक्ष मेजरकुमार राई
५. रोल्पाको थवाङ गाउँपालिका: अध्यक्ष ऋषिकेशव बुढामगर
६. खोटाङको जन्तेढुंगा गाउँपालिका: अध्यक्ष अरूणादेवी राई
७.दार्चुलाको नौगाड गाउँपालिका: अध्यक्ष दलजीत सिंह धामी
८. हुम्लाको ताजाकोट गाउँपालिका: अध्यक्ष लालकेश जैसी
९.गोरखाको अजिरकोट गाउँपालिका: अध्यक्ष दीपक देवकोटा
१०. सोलुखुम्बुको थुलुङ दूधकोशी गाँउपालिका: अध्यक्ष असिम राई
११. गुल्मीको चन्द्रकोट गाउँपालिका: युवराज केसी
१२. दार्चुलाको मार्मा गाउँपालिका: अध्यक्ष जमनसिंह धामी
१३. दार्चुला अपिहिमाल गाउँपालिका: अध्यक्ष भक्तसिंह ठेकरे
१४. भोजपुरको आमचोक गाउँपालिका: अध्यक्ष अशोक राई
१५. दार्चुलाको लेकम गाउँपालिका: अध्यक्ष रामदत्त जोशी
१६. डडेल्धुरा आलिताल गाउँपालिका: अध्यक्ष शेरसिंह पार्की
१७. डोटीको बोकटान फुड्सिल गाउँपालिका: अध्यक्ष कमलबहादुर गड्सिला
१८. रूकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका: अध्यक्ष पुनीराज घर्ती
१९. ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका: अध्यक्ष राजन लिम्बू
२०. रोल्पाको रोल्पा नगरपालिका: मेयर सुरेन्द्र थापा
नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका:
१. डोल्पाको छार्का साङतोङ गाउँपालिका: अध्यक्ष सेनाङ गुरुङ विजयी
२. डोल्पाको काइके गाउँपालिका: अध्यक्ष अंगदकुमार राना विजयी
प्रतिक्रिया