पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धि, निगमलाई पाक्षिक नोक्सान ४ अर्ब २५ करोड

पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धि, निगमलाई पाक्षिक नोक्सान ४ अर्ब २५ करोड

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल पठाउने
पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएर पठाएपछि चर्को मूल्यवृद्धि गरेको आयल
निगमको घाटा भने घटेको छैन् ।

नेपाल आयल निगम (एनओसी) ले दिएको जानकारी अनुसार मूल्य समायोजनपश्चात्
पनि निगमलाई १५ दिनमा करीब ४ अर्ब २५ करोड रुपैयाँ घाटा हुने अवस्था रहेको
जनाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर
१० रुपैयाँ बढाएको छ । निगमलाई उच्च घाटा खाना पकाउने ग्यासमा छ ।

अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

तर, ग्यासको मूल्य भने बढाइएको छैन ।

इन्डियन आयल कर्पोरेशनले १५र१५ दिनमा मूल्य सूची पठाउँछ ।

सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन
गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने जानकारी दिएको छ ।

Recent Comments

No comments to show.