नुवाकोटको विदुर नगरपालिकामा श्रेष्ठको निरन्तर अग्रता, कसले कति मत पाए ?

नुवाकोटको विदुर नगरपालिकामा श्रेष्ठको निरन्तर अग्रता, कसले कति मत पाए ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । विदुर नगरपालिकाको मेयर र उपमेयर दुबैमा गठबन्धन दलले अग्रता लिएको छ ।

सार्वजनिक प्रारम्भिक मत परिणाममा मेयरमा गठबन्धनका राजन श्रेष्ठले १५ सय ७२ मत प्राप्त गरेका छन् भने एमालेका सञ्जु पण्डितले ११ सय २२ मत प्राप्त गरेका छन् ।

मेयरका उम्मेद्धवार श्रेष्ठले पण्डितलाई भन्दा ४ सय ५० मतले पछाडि पारिरहेका छन् ।

यस्तै उपमेयरमा लामो समय अग्रता बनाएकी एमालेकी अम्बिका नेपाललाई गठबन्धनकी प्रभा बोगटीले उछिनेकी छिन् । प्रभाले १०८८ मत प्राप्त गर्दा नेपालले १०७० मत प्राप्त गरेकी छिन् ।

बोगटी अहिले नेपालभन्दा १८ मतले अगाडी रहेकी छिन् । अहिले विदुर नगरपालिका वडा नम्बर १, २ र ३ को मतगणना भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

अहिलेसम्म करिव ३२ सय मतगणना गरिएको छ ।

Recent Comments

No comments to show.