बालेन र स्थापितबीच ५९० को मतान्तर, सिंहको मत कति ?

बालेन र स्थापितबीच ५९० को मतान्तर, सिंहको मत कति ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्रतर्फका उम्मेदवार बालेन्द्र साह (बालेन) ले आफ्नो अग्रता कायमै राखेका छन् ।

उनले १५ सय ७५ मत प्राप्त गर्दा उनको प्रतिद्वन्द्वी एमालेतर्फका उम्मेदवार केशव स्थापितले ९८५ मतकासाथ पछ्याइरहेका छन् । 

त्यस्तै कांग्रेसको तर्फबाट सिर्जना सिंह ८२५ मत प्राप्त गर्दै तेस्रो स्थानमा छिन् । बालेनले स्थापितसँगको मतान्तर क्रमश बढाइरहेका छन् । अहिले यी दुई प्रतिस्पर्धीबीचको मतान्तर ५९० रहेको छ । 

उपमेयर तर्फ भने एमालेबाट उम्मेदवारी दिएकी सुनिता डंगोल अग्रस्थानमा छिन् । उनले अहिलेसम्म १७ सय ४३ मत ल्याएकी छिन् । नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ ५१६ मतकासाथ दोस्रो स्थानमा छन् । 

काठमाडौं महानगरमा कुल मतदाता संख्या तीन लाख २४२ रहेको छ, जसमध्ये ५२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। 

Recent Comments

No comments to show.